स्ट्याण्डर्ड चार्टर्ड बैंकको लाभाशं घोषणा

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
बैंकको आज बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनश शेयर र कर प्रयोजन समेत गरी ३.०६ प्रतिशत नगद लाभांश वितरण निर्णय गरेको बैंक्ले जानकारी दिएको छ ।
बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति गरेपछि बैंकको आउदो वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
बैंकले अघिल्लो वर्ष २०७६/७७ बाट बैंकले ७ प्रतिशत बोनस र ४.८४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।