सबैको लघुवित्तको बम्पर लाभांश घोषणा

काठमाडौं । सबैको लघुवित्त वित्तयि संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ ।
लघुवित्तको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३२.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
लघुवित्तले हाल कायम चुक्ता पूँजीको ३१.०५ प्रतिशत बोनस शेयर र कर प्रयोजन समेत गरी १.६३ प्रतिशत नगद लाभांश गरी कूल ३२.६८ प्रतिशत लाभांश घोषणा गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बेंकको स्वीकृति भएपश्चात लघुवित्तको आगामि साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी २० करोड ६० लाख २७ हजार रुपैयाँ रहेको छ । बोनस शेयर वितरणपश्चात लघुवित्तको चुक्ता पूँजी २७ करोड रुपैयाँ पुग्ने छ ।
