मेगा बैंकले गर्यो बारामा कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम « Arthapath.com
२० आश्विन २०७८, बुधबार

मेगा बैंकले गर्यो बारामा कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम



काठमाडौं । मेगा बैंकले बाराका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बैंकले परम्परागत कृषि प्रणालीलाई आधुनिकीकरण गरी व्यवसायिक रुपमा कृषि कार्य गर्न रौतहट र बारा जिल्लाका किसानहरुलाई कृषि कर्जा तथा वित्तीय साक्षरताका सम्बन्धमा अभिमुखीकरण कार्यक्रम गरेको हो ।

बैंकले उर्बर नेपाल पब्लिक लिमिटेडसँगको सहकार्यमा वारा जिल्लाको महागढीमाई नगरपालिकाका किसानहरुलाई वित्तीय साक्षरता कार्यक्रम संचालन गरी बैंकको ब्याज अनुदानसहितको कृषि कर्जा, वचत, मेगा किसान कार्ड तथा अन्य सेवा सुविधाहरुको बारेमा जानकारी प्रदान गरेको हो ।

बैंकले वित्तीय साक्षरता कार्यक्रममार्फत तरकारी खेती एवं माछा मासु उत्पादनको पकेट क्षेत्रको रुपमा विकास भएको बाराका जिल्लाको महागढीमाईका किसानहरुलाई ब्यवसायिक भई कृषि कर्जाको उच्चतम सदुपयोग गर्नुपर्ने सम्बन्धमा अन्र्तक्रिया समेत गरेको छ ।

कार्यक्रममा मेगा बैंकका विभगिय प्रमुख पुण्यप्रसाद खनिया, प्रदेश नम्बर २ का प्रमुख यशपाल कुमार तिब्रेवाल, बिरगञ्ज शाखाका प्रमुख बेलाल अहमदले बैंकिङ्ग सेवा सुविधाहरु, बचत, ऋण, रेमिटान्स, वचत गर्ने उपायहरु, वचत तथा ऋणको महत्वकोे बारेमा जानकारी दिएका थिए ।

नेपाल कृषिप्रधान देश भएतापनि कृषिमा आत्मनिर्भर नभएको वर्तमान अवस्थामा आधुनिक ढंगले कृषि ब्यवसाय गर्न सके कृषि क्षेत्रमा राम्रो योगदान दिन सकिने र कृषकहरुको आर्थिक जीवनस्तर पनि माथि उठाउन सकिने कुरालाई उनले जोड दिएका छन ।


प्रतिक्रिया दिनुहोस्