आईपीओ निष्काशन गर्ने प्रस्ताव पारीत गर्न हिमालयन रि इन्स्योरेन्सले बोलायो साधारण सभा « Arthapath.com
२० आश्विन २०७८, बुधबार

आईपीओ निष्काशन गर्ने प्रस्ताव पारीत गर्न हिमालयन रि इन्स्योरेन्सले बोलायो साधारण सभा



काठमाडौ । हिमालयन रि इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले कात्तिक १२ गते अलफ्ट होटल ठमेलमा प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।

गत भदौ ३० गते बसेको कम्पनी संचालक समितिको बैठकले कात्तिक १२ साधारण सभा गर्ने निर्णय गरेको छ । इन्स्योरेन्सको प्रथम साधारण सभाले सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।

साधारण सभाले आर्थिक वर्ष २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारीश्रमिक निर्धारण गर्ने, सञ्चालकहरुको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने प्रस्ताव पारित गर्ने इन्स्योरेन्सले जानकारी दिएको छ ।

साथै सभामा आ.व २०७/७८ को लेखा परिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा, नोक्सान, हिसाब तथा नगद प्रवाह विवरण तथा अनुसुचिहरु सहितको वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने सामान्य प्रस्ताव रहेको छ ।


प्रतिक्रिया दिनुहोस्