नबिल इन्भेष्टमेन्टको दशैं अफर ‘आजीवन डिम्याट खाता’ « Arthapath.com
२० आश्विन २०७८, बुधबार

नबिल इन्भेष्टमेन्टको दशैं अफर ‘आजीवन डिम्याट खाता’



काठमाडौं । नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले आजीवन डिम्याट खाता दशैं अफर ल्याएको छ । कम्पनीले दशैं तिहार लक्षित गरी आजीवन आजीवन डिम्याट खाता दशैं अफर ल्याएको हो ।

नयाँ डिम्याट खाता खोल्न चाहने व्यक्ति तथा संस्थाहरुले डिम्याट खाता खोल्दाको एकै पटक ३ हजार रुपैयाँ भुक्तानी गरेपछि आजीवन नविकरण गर्ने कम्पनीले जनाएको छ । यो योजना असोज २१ गते देखि असोज २९ गतेसम्म सञ्चालन रहनेछ । खाता खोल्न चाहने लगानीकर्ताहरुको लागि कम्पनीले रु. ९०० छुट समेत प्रदान गर्ने र जीवनभर २१ सय रुपैयाँमा आजीवन डिम्याट खात खोल्ने भएको हो ।

साथै आजिवन डिम्याट खाता तथा मेरो शेयर खाता खोल्नको लागि नबिल इन्भेष्टको https://onlinedemat.nabilinvest.com.np/मा गई खोल्न सकिने छ भने नबिकरण वापतको भुक्तानी गर्न बाँकी रकम पनिhttps://onlinedemat.nabilinvest.com.np/Payment/DematRenew मा गई अनलाईनबाट नै भुक्तानी गर्न सकिनेछ ।

विद्यमान व्यवस्था अनुसार शेयर बजारमा प्रवेश गरी लगानी गर्न चाहने लगानीकर्ताहरुले आफ्नो हितग्राही खाता खोले पछि प्रत्येक वर्ष आफ्नो हितग्राही खाता (डिम्याट खाता) तथा मेरो शेयरको खाता प्रत्येक वर्ष नबिकरण गराउनु पर्ने हुन्छ ।


प्रतिक्रिया दिनुहोस्