हिमालयन बैंकको २६ प्रतिशत लाभांश घोषणा

काठमाडौं । हिमालयन बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको असोज २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट शेयरधनीहरुलाई २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजीको २१.३६ प्रतिशत बोनश शेयर र ४.६४ प्रतिशत नगद लाभांश गरी कूल २६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपश्चात बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पानउेछन् ।