लाभांश पारित गर्न माछापुच्छ्रे बैंकको साधारण सभा कात्तिक २६ गते, बुक क्लोज कहिले ?

काठमाडौं ।माछापुच्छ्रे बैंक वार्षिक साधारण सभा बोलाएको छ । बैंकले आफ्नो २३ औँ वार्षिक साधारण सभा कात्तिक २६ गते, होटल पोखरा ग्राण्ड, पार्दि पोखरामा बोलाएको हो । बैंकको सञ्चालक समितिको बैठकले आफ्नो साधारण सभा बिहान ११ बजे शुरु हुनेछ ।
कोरोना महामारी कायम रहेकोले भिडियो कन्फ्रेन्स मार्फत सहभागि हुने शेयरधनीहरुलाई जुम आईडि र पासकोड उपलब्ध गराउने व्यवस्था पनि गरिएको छ ।
बैंकको साधारण सभाले हाल कायम चुक्ता पूँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७० प्रतिशत नगद गरी कूल १४ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने छ ।
त्यस्तै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिमा रिक्त रहेको सञ्चालक पदमा बाँकी कार्यकालका लागि गरिएको सञ्चालकहरुको नियुक्ती अनुमोदन गर्ने प्रस्ताव पारित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ बैंकले कात्तिक ७ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले कात्तिक ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै बैंकको साधारण सभामा भाग लिन र लाभांश प्राउनेछन् ।