देशभर थपिए ८०५ कोरोना संक्रमित, ८ जनाको मृत्यु

काठमाडौं । बिहिबार पछिल्लो २४ घण्टामा देशभर ८ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार ७ हजार २ सय ६४ नमुनाको पीसीआर परीक्षणमा ६ सय ६७ जना र ३ हजार ४ सय ८ नमुनाको एन्टिजेन परीक्षण गर्दा १ सय ३८ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
गत २४ घण्टामा थप ८ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्तमणबाट ज्यान गुमाउनेको संख्या ११ हजार २ सय पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा ९ सय ११ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै कोरोना संक्तमणमुक्त हुनेको संख्या ७ लाख ७३ हजार १ सय ४० जना पुगेको छ । हाल देशभर १५ हजार ९ सय ४२ जना संक्रिय संक्रमित रहेका छन ।
