स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ? « Arthapath.com
२२ आश्विन २०७८, शुक्रबार

स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनश र नगद कति ?



काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको असोज २१ गते बसेको सञ्चालक समितिको बैठकले २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले गत आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट हाल कायम चुक्ता पूँजी ९४ करोड ३० लाख रुपैयाँको १९ प्रतिशत अर्थात १७ करोड ९१ लाख ७० हजार रुपैयाँ बोनश शेयर र कर प्रयोजनका लागि ६ प्रतिशत अर्थात् ५ करोड ६५ लाख ८० हजार रुपैयाँ नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपश्चात् लघुवित्तको आगामी साधारण सभाबाट पारित भएपछि शेयरधनीहरुले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्