मुक्तिनाथ रेमिटको भुक्तानी आईसिएफसि फाईनान्सको शाखा कार्यालयहरुबाट « Arthapath.com
२२ आश्विन २०७८, शुक्रबार

मुक्तिनाथ रेमिटको भुक्तानी आईसिएफसि फाईनान्सको शाखा कार्यालयहरुबाट



काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.को रेमिट सेवा मुक्तिनाथ रेमिटको भुक्तानी अब आई सि एफ सि फाईनान्सको शाखा कार्यालयहरुबाट लिन सकिने भएको छ । मुक्तिनाथ विकास बैंक लि र आई सि एफ सि फाईनान्स बिच भएको सम्झौतामा मुक्तिनाथ विकास बैंकको तर्फबाट यस बैंकका सहायक नायव प्रमुख कार्यकारी अधिकृत तिल बहादुर गरुङ्ग र आई सि एफ सि फाईनान्सको तर्फबाट बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अमित श्रेण्ठले हस्ताक्षर गर्नुभएको छ ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंक लि.को रेमिट सेवाको झुक्तानी आई सि एफ सि फाईनान्सको २० शाखा बाट सजिलै लिन सकिने छ । यसबाट मुक्तिनाथ रेमिटका ग्राहकहरुलाई रेमिट झुक्तानीका लागि अझ बढि सुविधा मिल्ने बैंकको विश्वास रहेको छ । मुक्तिनाथ रेमिटले आफ्नो कारोबार देशभरी रहेका ४ हजार ५ सय भन्दा बढि झुक्तानी केन्द्रबाट गर्दै आईरहेको छ ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिजा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएक मेशिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्