आईपीओ निष्काशन गर्न आदर्श लघुवित्तले माग्यो बोर्डसँग अनुमति

काठमाडौं । आईपीओ निष्काशन गर्न आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले बोर्डसंग अनुमति मागेको छ । लघुवित्तले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्न माग गदै धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
बोर्डका अनुसार कम्पनिले असोज २० गते बुधबार हाल कायम पुजी २ करोड रुपैयाँको ३० प्रतिशतले हुने ६० लाख रुपैयाँको ६० हजार कित्ता शेयर निष्काशन गर्न माग गदै निवेदन दिएको हो ।
लघुवित्तको हाल १ करोड ४० लाख रुपैयाँ चुक्ता पुजी रहेको छ । ६० लाख रुपैयाँ बराबरको शेयर निष्काशन गरेपछि कम्पनीको चुक्ता पूँजी २ करोड रुपैयाँ पुग्नेछ ।असार ३१ गते सम्पन्न भएको लघुवित्तको तेस्रो साधारण सभाले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।
लघुवित्तले शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट रहेको छ ।