एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा भोलिदेखि आवेदन खुला, क-कसले आवेदन दिन पाउँछन् ? « Arthapath.com
२४ आश्विन २०७८, आईतवार

एक्सेल डेभलपमेन्ट बैंकको हकप्रद शेयरमा भोलिदेखि आवेदन खुला, क-कसले आवेदन दिन पाउँछन् ?



काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले भोलि (असोज २५ गते, सोमबार) देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । बैंकले हाल कायम १० कित्ता शेयर बराबर नयाँ ३ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

बैंकको हाल कायम चुक्ता पूँजी ८१ करोड ११ लाख २१ हजार २२४.७२ रुपैयाँको १ सय रुपैयाँ अंकित दरमा २४ करोड ३३ लाख ३६ हजार ३६७ रुपैयाँ बराबरको २४ लाख ३३ हजार ३६३.६७ कित्ता हकप्रद शेयर निष्काशन गर्ने भएको हो ।

बैंकको हकप्रदमा कात्तिक १४ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको हकप्रद शेयरको बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । हकप्रदमा एनआईबिएल एस क्यापिटल तथा एक्सेल डेभलपमेन्ट बैंकका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । त्यस्तै, धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका अलवा मेरोशेयरबाट पनि आवेदन दिनसकिनेछ ।

हकप्रद निष्काशनका लागि बैंकले असोज १ गतेदेखि शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । त्यसैले भदौ ३१ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन्।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले बैंकलाई इक्राएनपी आईआर त्रिपल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिममा रहेको संकेत गर्दछ ।


प्रतिक्रिया दिनुहोस्