नेरुडे लघुवित्तको २२.६१ प्रतिशत लाभांश घोषणा « Arthapath.com
२५ आश्विन २०७८, सोमबार

नेरुडे लघुवित्तको २२.६१ प्रतिशत लाभांश घोषणा



काठमाडौं । नेरुडे लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ । लघुवित्तको आइतबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७–७८ को मुनाफाबाट २२.६१ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तको हाल कायम चुक्ता पूँजी ४९ करोड ३८ लाख ७७ हजार ५७४ रुपैयाँको २१.४८ प्रतिशत अर्थात १० करोड ६१ लाख २२ हजार ४२६ रुपैयाँ बोनश शेयर र कर प्रयोजनको लागि १.१३ प्रतिशत अर्थात ५५ लाख ८५ हजार ३९०.८४ रुपैयाँ गरी कूल २२.६१८५ प्रतिशत अर्थात ११ करोड १७ लाख ७ हजार ८१६.८४ रुपैयाँको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लघुवित्तले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात र लघुवित्तको आगामी साधारणसभाले पारित गरेपछि मात्र शेयरधनीहरुले पाउनेछन् ।

e


प्रतिक्रिया दिनुहोस्