डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार

काठमाडौं । डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा विस्तार भएको छ ।देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार र्गो क्रममा नेपालभर हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा जिस्तार गरेको कम्पनिका बिक्रि प्रबन्धक मनोज शर्माले जानकारी दिएका छन ।
नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर, बनेपा, धुलिखेल, कलैया, लाहान ,भैरहवा पनौती, पोखरा र बिराटनगर लगायत अन्य स्थानमा पुगिसकेको छ । छिटै नेपालगञ्ज र धनगढीमा पनि फाइबरनेट सेवा विस्तार हुने डिशहोमले जनाएको छ ।
ग्राहकहरुलाई उत्कृष्ट तथा उच्च गतिको इन्टरनेट सवै भन्दा कम मुल्यमा डिशहोम फाईबरनेटले प्रदान गर्ने छ । ग्राहकहरुले मासिक मात्र ८९९ मानै १०० एमबिपिएस ईन्टरनेटको मज्जा ५ जि ड्युल व्याण्ड राउटरको साथमा लिन सक्नेछन् ।
डिशहोमले नेपालीहरुको महान चाड दशैंको अवसरमा “ह्याप्पी पर्वको ह्याप्पी कनेक्सन” योजना संचालन गरेको छ । २०७८ असोज ११ गते देखि लागुहुने यो योजना अन्तरगत डिशहोम फाईवरनेटको नयाँ कनेक्सन लिने चार जना भाग्यशाली ग्राहकहरु स्पेन घुम्न जान पाउने छन् । स्पेन जाने चार भाग्यशाली विजेताहरुको छनौट लक्की ड्र मार्फत गरिने छ । लक्की ड्रको प्रत्यक्ष प्रशारण रमाईलो टिभी, सरोकार टिभी, रियालिटी टिभी र डिशहोमको अन्य च्यानलहरुमा हुने छ ।
डिशहोम फाइबरनेटको बारेमा थप जानकारी चाहिएमा ९८०१५४४००० मा वा नजिकैको डिशहोम डिलर दाईलाई संम्पर्क गरि जानकारी प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।