मध्य भोटेकोसीको आइपीओमा कतिले दिए आवेदन ? « Arthapath.com
२६ आश्विन २०७८, मंगलवार

मध्य भोटेकोसीको आइपीओमा कतिले दिए आवेदन ?



काठमाडौँ । मध्य भोटेकोसी जलविद्युत कम्पनीको आइपीओमा २४ लाख जनाले आवेदन दिएका छन् । कम्पनीको आईपीओमा सोमबार ५ बजेसम्ममा २३ लाख ९३ हजार ४ सय २८ जना आवेदकले ३ अर्ब ४३ करोड ६० लाख रुपैयाँ बराबरको ३ करोड ४३ लाख ६० हजार १० कित्ताको लागि आवेदन दिएका छन् । 

कम्पनीले असोज २० गते मङ्गलवार देखी सर्वसाधारणको लागि ९० करोड रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ९० लाख कित्ता साधारण शेयर निष्कासन तथा बिक्री खुला गरेको हो । जसमध्ये ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरूका लागि, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणका लागि छुटाइएको थियो ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सह निष्कासन तथा बिक्री प्रबन्धकहरूमा एनआईबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल मार्केट, सिभिल क्यापिटल मार्केट, सानिमा क्यापिटल र सिबिआइएल क्यापिटल मार्केट रहेका छन् ।

आइपिओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर टिङ्गर नेपालले कम्पनीलाई केयरएनपी डबल बी आईएस टिङ्गर प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँदछ ।


प्रतिक्रिया दिनुहोस्