आजबाट सामलिङ्ग पावर कम्पनीको ७ लाख ३० हजार कित्ता आईपीओ विक्री खुल्ला

काठमाडौं । सामलिङ्ग पावर कम्पनीको प्राथमिक शेयर आईपीओ निष्कशन तथा विक्री खुल्ला भएको छ । कम्पनिले आजबाट सर्वसाधारणका लागि प्राथमिक प्रतिशेयर १ सय रुपैयाँ अंकित दरका ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।
निष्काशन गरेको जम्मा शेयरमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको र बाँकी रहेको ६ लाख ७८ हजार ९०० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । उक्त अईपीओमा लगानिकर्ताले आजबाट ८ गतेसम्म आवेदन दिनन सक्नेछन ।
इच्छुक आवेदकले न्युनतम १० कित्तँदेखि अधिकतम २० हजार कित्ताँ सम्मका लागि अवेदन दिन सक्नेछन । सर्वसाधारणले मेरो शेयरको मोबाइल एप, वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका शाखा कार्यालयबाट उक्त शेयरमा आवेदन दिन सक्नेछन् ।
कम्पनिको शेयर निष्काशन तथा विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।