३ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ? « Arthapath.com
४ कार्तिक २०७८, बिहीबार

३ बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?



काठमाडौँ । ३ बैङ्कको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । सानिमा बैंक, माछापुच्छ्रे बैंक र सांग्रिला डेभलपमेन्ट बैङ्कको लाभांश आजसम्म कायम शेयरधनीहरुले  मात्र पाउनेछन् । सांग्रिला डेभलपमेन्ट बैङ्कले कात्तिक ५ गते शुक्रवार तथा सानिमा र माछापुच्छ्रे बैङ्कले कात्तिक ७ गते आइतबार बुक क्लोज गर्नेछन् तसर्थ आजसम्म कायम सेयर धनीले मात्र बैङ्कहरूले वितरण गर्न प्रस्ताव गरेको लाभांश पाउने छन् ।

त्यसैगरी माछापुच्छ्रे बैङ्कले हाल कायम चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ  ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । भने सांग्रिला डेभलपमेन्ट बैङ्कले चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रार्थना ०.५२ प्रतिशत नगद लाभांश, सानिमा बैङ्कले चुक्ता पुँजीको १७ प्रतिशत बोनस शेयर र सोको कर प्रार्थना ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् ।

तसर्थ आजसम्म कायम शेयरधनीहरुले बैङ्कले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्