फर्स्ट माइक्रोफाइनान्स लघुवित्तको नाफा २ करोड ९६ लाख, अन्य सुचक कस्तो छ ?

काठमाडौँ । फर्स्ट माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले नाफा घटेको छ कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनिको नाफा ०.२३ प्रतिशतले घटेको छ । लघुवित्तले चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा २ करोड ९६ लाख ४८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले २ करोड ९७ लाख १६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो ०.२३ प्रतिशत कम हो ।
लघुवित्तको खुद ब्याज आम्दानी पनि ओरालो लागेको छ । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ९.१७ प्रतिशत घटेको हो । नाफा र ब्याज अम्दानीसंगै कम्प निको अन्य सञ्चालन आम्दानी २८०.४५ प्रतिशतले उकालो लागेको छ । त्यसै गरी कम्प निको सञ्चालन आम्दानी २७.४१ प्रतिशत बढको छ भने सञ्चालन मुनाफा ०.२३ प्रतिशतले ओरालो लागेको हो ।
लघुवित्तले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार चुक्ता पुजी १० प्रतिशतले बढेको छ । लघुवित्तको जगेडा कोष २२.६१ प्रतिशतले बढेको छ । खुदनाफासंगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ ।
चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर आम्दानी १ रुपैयाँ २६ पैसा घटेर १२ रुपैयाँ ३० पैसामा आइपुगेको छ ।
.jpg)
.jpg)