स्रोत नखुलेको ८० लाखसहित एक युवक पक्राउ « Arthapath.com
८ जेष्ठ २०८२, बिहीबार

स्रोत नखुलेको ८० लाखसहित एक युवक पक्राउ



काठमाडौँ । स्रोत नखुलेको ८० लाख रुपैयाँसहित प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हिजो राती भक्तपुरबाट स्रोत नखुलेको ८० लाख रुपैयाँसहित एक जनालाई पक्राउ हो ।

पक्राउ पर्नेमा काठमाडौँ कोटेश्वर बस्ने ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई बा४९ प ८५६५ नम्बरको स्कुटर र नगद ३० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको थियो ।

लोकन्थली मनहरा आँखा अस्पतालनजिक हुन्डीको कारोबार भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले मगरलाई पक्राउ गरेको हो । अनुसन्धानको क्रममा उनको कोठाबाट थप ५० लाख रुपैयाँ फेला परेको प्रहरीले जानकारी दिएको छ । मगरलाई आवश्यक कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्