७२६ जना निको भए, ८ जनाको मुत्यु

काठमाडौं । आज विहिबार थप ५ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्तालयका अनुसार ८ हजार ५ सय ४९ जनामा गरिएको परिक्षणमा थप ५ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ ।
त्यसैगरी गत २४ घण्टामा थप ७ सय २६ जना कोरोना संक्रमणमुक्त भएका छन । यो संगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख ८४ हजार ८ सय ८१ जना पुगेको छ । हाल देशभर ११ हजार ३ सय १५ जना संक्रिय संक्रमित रहेका छन ।
कोरोना संक्रमणका कारण ८ जनाको ज्यान गएको छ । यो संगै कोारेना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय २६ जना रहेका छन् ।
