सनराइज बैंकका ग्राहकलाई देबयानी इन्टरनेशनल प्रा लीमा विशेष छुट « Arthapath.com
४ कार्तिक २०७८, बिहीबार

सनराइज बैंकका ग्राहकलाई देबयानी इन्टरनेशनल प्रा लीमा विशेष छुट



काठमाडौं । सनराइज बैंकका गा्रहकले देबयानी इन्टरनेशनल प्रा लीमा विशेष छुट पाउने भएको छ । बैंकले ग्राहकहरुको सहजता तथा सुबिधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुबिधा दिदैं आएको छ । सोही क्रममा रेष्टुरेन्ट क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यका साथ बैंकले देबयानी इन्टरनेशनल ९नेपाल० प्रा. लि संग सम्झौता गरेको छ ।

सम्झौतापत्रमा बैंकका नायब महाप्रबन्धक रबिन नेपाल र देबयानी इन्टरनेशनल प्रा.लिका नायब महाप्रबन्धक रितु राज शाहले हस्ताक्षर गरेका छन ।सम्झौता पश्चात बैंकका ग्राहकहरुले KFC र Pizza Hut मा खाना र बेबरेज (food and beverages) को खरिदमा सन्राइज बैंकको के्र्रडिट कार्ड र डेबिट कार्डको माध्यमबाट भुक्तानी गर्दा ५ प्रतिशत छुट पाउनेछन् । ग्राहकहरुले KFC / Pizza Hut को उपत्यका भित्र र बाहिरको १७ वाट शाखाहरुबाट नै यस छुटको लाभ लिन सक्नेछन् ।

बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान प्रोत्साहन गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस्