२५ प्रतिशत लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा « Arthapath.com
५ कार्तिक २०७८, शुक्रबार

२५ प्रतिशत लाभांश पारित गर्न स्वरोजगार लघुवित्तले बोलायो साधारण सभा



काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा डाकेको छ । लघुवित्तले कात्तिक २७ गते शनिवार नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ११ बजे १३ औँ साधारण सभा बोलाएको हो ।

साधारण सभाले शेयरधनीहरुलार्ईे वितरण गर्ने प्रस्ताव गरेको लाभांश पारित गर्ने छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई २५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ । त्यसैगरी साधारणसभाले अन्य लघुवित्तहरूसँग मर्जर तथा एक्विजिशन सम्बन्धी कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ ।

भने सर्वसाधारण सेयर धनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरूको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गर्ने लघुवित्तले जानकारी दिएको छ । लघुवित्तले लाभांश वितरण तथा साधारण सभा प्रार्थना कात्तिक १२ गते बुक क्लोम गर्ने छ । तसर्थ कात्तिक ११ गतेसम्म नेप्सेमा कारोबार भएका शेयरधनीले २५ प्रतिशत लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्