साङ्ग्रिला डेभलपमेन्ट बैङ्कको शेयर मूल्य समायोजन

काठमाडौँ । साङ्ग्रिला डेभलपमेन्ट बैङ्क लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज शेयर मूल्य समायोजन भएको हो ।
नेप्सेले १० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ३ सय ३४ रुपैयाँ ५५ पैसा कायम हुने गरी शेयर मूल्य समायोजन गरेको छ । हिजो बैङ्कको अन्तिम कारोबार मूल्य ३ सय ६८ रुपैयाँमा कारोबार भएको थियो ।
