२६ प्रतिशत लाभांश पारीत गर्न आशा लघुवित्तले बोलायो साधारण सभा « Arthapath.com
५ कार्तिक २०७८, शुक्रबार

२६ प्रतिशत लाभांश पारीत गर्न आशा लघुवित्तले बोलायो साधारण सभा



काठमाडौं । आशा लघुवित्त वित्तिय संस्थाले साधारण सभा बोलाएको छ । लघुवित्त संचालक समितिको बैठकले ५ औं साधारण सभा कात्तिक २७ गते शनिबार फल एण्ड ट्राउट भिलेज होटल एण्ड रेस्टुराँ, ककनीमा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले गत आर्थिक वर्ष २०७७।७८ को नाफाबाट प्रस्ताव गरेको चुक्ता पूँजीको २५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ १.३१५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्नेछ । भने अन्य लघुवित्तहरुसँग मर्जर तथा एक्विजिशन सम्बन्धी प्रक्रिया अगाडि बढाउनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

२६ प्रतिशत लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ कम्पनिले कात्तिक १२ गते बुक क्लोज मिति तय गरेको छ । त्यसैले कात्तिक १ज्ञ गतेसम्म नेप्सेमा काया भएका शेयरधनीह्रुले प्रस्तावित लाभांश पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्