मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित « Arthapath.com
५ कार्तिक २०७८, शुक्रबार

मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित



काठमाडौं । मुक्तिनाथ विकास बैंक “ग्लोबल एसएमई अवार्ड २०२१” बाट सम्मानित भएको छ । विश्व बैंक समूहको अन्तराष्ट्रिय बित्त निगम तथा SME Finance Forum द्वारा आयोजना गरेको र G20’s Global Partnership for Financial Inclusion (GPFI) बाट समर्थित “ग्लोबल एसएमई अवार्ड २०२१” द्वारा साना तथा लघुबित्त क्षेत्रमा प्रथमिकताका साथ लगानी गर्दै आइरहेको मुक्तिनाथ विकास बैंक सम्मानीत भएको हो ।

 उक्त कार्यक्रममा साना तथा लघुबित्त क्षेत्रमा काम गरिरहेका विश्वभरीका विभिन्न सँघसंस्थाहरु प्रतिस्पर्धामा सहभागी भएका थिए ।  साना तथा लघुवित्त क्षेत्रमा मुक्तिनाथ विकास बैंकले पु¥याएको योगदानको कदर गर्दै मुक्तिनाथ विकास बैंकलाई"SME Financier of The Year- AsiaÆ  विधामा सम्मानित भएको हो । 

 सम्मानले भविष्यमा यस साना तथा लघुबित्त क्षेत्रमा थप योगदान गर्नको लािग उत्साहित बनाएको बैंकले जनाएको छ । यस अघि बैंकले युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० हासिल समेत भएको थियो ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको ATM Card प्रयोग गरी नेपालभरी रहेको VISA Network मा आवद्ध अन्य जुन सुकै बैंककोATM Machine बाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ । त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।


प्रतिक्रिया दिनुहोस्