मीर्मीरे लघुवित्तको सिईओमा जोशी, २३ वर्ष भन्दा लामो बैंकिङ अनुभव

काठमाडौं । मिर्मिरे लघुवित्तको प्रमुख कार्यकारी अधिकुत सिईओमा पुष्कर राज जोशी नियुक्त भएका छन । शुक्रबार बसेको संचालक समितिको बैठकले जोशिलाई भोलीबाट लागु हुनेगरि ४ वर्षको लागि लघुवित्तको सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
तत्कालिन प्रमुख कार्यकारी अधिकृत कुमार याक्सोले स्वेच्छिक अवकाश लिए पश्चात खालि रहेको पदमा जोशीलाई प्रमुख कार्यकारी अधिकृतको रुपमा संस्थाले नेतृत्व सम्हाल्ने जिम्मेवारी दिएको हो ।

बैंकिङ क्षेत्रमा एक अनुभवी बैंकर जोशीले कञ्चन डेभलपमेन्ट बैंक र भार्गव विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका जोशीले पछिल्लो समयमा साइन रेसुङ्गा डेभलपमेन्ट बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए । जोशी संग २३ वर्ष भन्दा लामो अवधिको बैंकिङ अनुभव रहेकोसंस्थाले जानकारी दिएको छ।
