२ बैंकको सेयर मूल्य समायोजन, कुनको कति ? « Arthapath.com
७ कार्तिक २०७८, आईतवार

२ बैंकको सेयर मूल्य समायोजन, कुनको कति ?



काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई बैङ्कको सेयर मूल्य समायोजन भएको छ । आज आइतबार सानिमा बैङ्क लिमिटेड र माछापुच्छ्रे बैङ्क लिमिटेडको सेयर मूल्य समायोजन भएको हो ।

नेप्सेले सानिमा बैङ्कको १७ प्रतिशत बोनस सेयर पछि  प्रतिकित्ता ४ सय १७ रुपैयाँ ७८ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन गरेको छ । बिहीबार नेप्सेमा अन्तिम कारोबार मूल्य ४ सय ८८ रुपैयाँ ८० पैसाका आधारमा कारोबार भएको थियो ।

त्यसैगरी माछापुच्छ्रे बैङ्कको १३.३० प्रतिशत बोनस सेयर पछि प्रतिकित्ता ३ सय २२ रुपैयाँ ०७ पैसा कायम हुने गरी सेयर मूल्य समायोजन भएको छ ।  बैङ्कको बिहीबारको अन्तिम कारोबार ३ सय ६४ रुपैयाँ ९० पैसामा भएको थियो ।


प्रतिक्रिया दिनुहोस्