बेस्ट फाइनान्सको खुद नाफा १२ करोड ११ लाख पुग्यो, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

बेस्ट फाइनान्सको खुद नाफा १२ करोड ११ लाख पुग्यो, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । बेस्ट फाइनानसको खुद नाफा उल्लेख्य रुपमा बढेको छ । फाइनानसले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कुत वित्तिय विवरण अनुसार असोज मसान्तसम्म आइपुग्दा १२ करोड ११ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । फाइनान्सले गत आर्थिक वर्षको सोही अवधीमा ८९ लाख ९९ हजार रुपैयाँ नोक्सानी व्यहोरेको थियो । फाइनान्सको वितरणयोग्य नाफा २७ करोड २५ लाख ८४ हजार रुपैयाँ नोक्सानमा रहेको छ ।

खुद नाफासंगै बैंकको सञ्चालन मुनाफामा सुधार भएको छ । असोज मसान्तसम्म फाइनान्सले १३ करोड ८१ लाख ६७ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधीमा फाइनान्सले ६० लाख रुपैयाँ घाटा भएको थियो । सार्वजनिक विवरण अनुसार फाइनान्सकाृे खुद ब्याज आम्दानी घटेको छ । असोज मसान्तसम्म खुद ब्याज आम्दानी २ करोड ८२ लाख ६८ हजार रुपैयाँबाट घटेर २ करोड ७२ लाख ५९ हजार रुपैयाँमा आइपुगेको छ ।

८२ करोड ८९ लाख १३ हजार चुक्ता पुजी रहेको फाइनान्सको खराब कर्जा १४.२६ प्रतिशतबाट घटेर ४.०५ प्रतिशतमा आइपुगेको छ । जगेडा कोषमा ४७ करोड ९६ लाख ८४ हजार रुपैयाँ रहेको छ । पहिलो त्रैमासमा कम्पनिले ३ अर्ब ९ करोड १६ लाख २० हजार निक्षेप संकलन गरेको छ भने २ अर्ब ३७ करोड ३८ लाख ७१ हजार रुपैयाँ कर्जा लगानि गरेको छ ।

कम्पनिको प्रति सेयर आम्दानी ५८ रुपैयाँ ४७ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ३५ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्