एनआइसी एशिया बैंकको १५ प्रतिशत बोनश शेयर घोषणा « Arthapath.com
८ कार्तिक २०७८, सोमबार

एनआइसी एशिया बैंकको १५ प्रतिशत बोनश शेयर घोषणा



काठमाडौं । एनआइसी एशिया बैंकले लाभांश घोषणा गरेको छ । आज बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।

बैंकले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ७८९ प्रतिशत नगद लाभांश गरि कुल १५ दशमलव ७८९ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पछि बैंको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्