बैंक अफ काठमाण्डूको लाभांश घोषणा

काठमाडौं । बैंक अफ काठमाण्डूले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्षको मुनाफाबाट बैकले शेयधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
हिजो सोमबार बसेको संचालक समितिको बैठकले १० प्रतिशत बोनस र कर प्रयोजनको लागि ४ प्रतिशत नगद गरि जम्मा १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
