लुम्बिनी विकास बैंकको लाभांश घोषणा, कति दिदै छ बोनश ? « Arthapath.com
९ कार्तिक २०७८, मंगलवार

लुम्बिनी विकास बैंकको लाभांश घोषणा, कति दिदै छ बोनश ?



काठमाडौं । लुम्बिनी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीह्रुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

हिजो बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी २ अर्ब ९० करोड ६४ लाख रुपैयाँको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनकने लागि ३.७१२ प्रतिशत नगद गरी जम्मा १३.७१२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति गरेपछि बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयधनीहरुले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्