परिचय नखुलेका व्यक्तिलाई घर-कोठा भाडामा नदिन गृह मन्त्रालयको आग्रह « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

परिचय नखुलेका व्यक्तिलाई घर-कोठा भाडामा नदिन गृह मन्त्रालयको आग्रह



काठमाडौं । आधिकारिक परिचयपत्र नभएका कुनैपनि व्यक्तिलाई घर,कोठा अपार्टमेन्ट भाडामा नदिन गुह मन्त्रालयले आग्रह गरेको छ । गृह मन्त्रायले एक सुचना जारी गदै आधीकारीक परिचयपत्रविना घर, अपार्टमेन्ट, फ्ल्याट तथा कोठामा भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काममा नलगाउन मन्त्रालयले आग्रह गरेको छ ।

पछिल्ला केही दिनका घटनाबाट कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास गरेको देखिएकाले आधिकारिक परिचयपत्रविना घर, अपार्टमेन्ट, फ्ल्याट तथा कोठामा भाडामा नदिन र त्यस्ता व्यक्तिलाई काममा नलगाउन सबैलाई अनुरोध गरिन्छ मन्त्रालयले जारी गरेको सुचनामा उल्लेख गरिएको छ ।

साथै पहिचान नखुलेका कोही विदेशी नागरिकहरु भेटिए वा देखिएमा नजिकैको प्रहरी कार्यालयमा खबर गरि सहयोग गरिदिन मन्त्रालयले आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस्