६६६ जनामा कोरोना संक्रमण, ६२२ निको भए « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

६६६ जनामा कोरोना संक्रमण, ६२२ निको भए



काठमाडौं । मंगलबार पछिल्लो २४ घण्टामा थप ६ सय ६६ जना कोरोना संक्रमित थप भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २० जनामा गरिएको परिक्षणमा ६ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यो संगै कोरोना भाइरस संक्रमितको संख्या ८ लाख १० हजार २ सय ९८ पुगेको छ ।

गत २४ घण्टामा ६ सय २२ जना निको भएका छन् । भने ११ जनाको ज्यान गएको छ । यो संगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ३ सय ७२ र निको हुनेको संख्या ७ लाख ८८ हजार ६ सय ३० पुगेको छ ।

हाल देशभर १० हजार २ सय ९६ जना संक्रिय संक्रमित रहेका छन् । संक्रिय संक्रमितमध्ये काठमाडौंमा १३ सय १ भक्तपुरमा ५ सय ५९ र ललितपुरमा ५ सय ५२ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्