कहिले हुदैछ मध्य भोटेकोशीको आईपीओ बाँडफाँड ? « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

कहिले हुदैछ मध्य भोटेकोशीको आईपीओ बाँडफाँड ?



काठमाडौं । मध्य भोटेकोशीले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक शेयर आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कात्तिक १२ गते शक्रबार विहान ९ बजे क्यापीटलको कार्यलयमा आईपीओ बाडँफाँड गरिनेछ ।

कम्पनिले असोज २० गतेदेखि २५ गतेसम्म प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमा ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता शेयर सामुहीक लगानी कोषको लागि, ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी ८१ लाख ९० हजार कित्ता सर्वसाधारणहरूका लागि छुट्याइएको थियो ।

कम्पनीको आईपीओमा अन्तिम दिन २५ गते वेलुकासम्ममा २३ लाख ९३ हजार ४२८ जना आवेदकले आवेदन दिएका थिए । मागभन्दा बढि आवेदन परेको धितोपत्रको नियम अनुसार आईपीओ गोलाप्रथाबाट वितरण गरिनेछ ।


प्रतिक्रिया दिनुहोस्