एनआईसी एशिया लघुवित्तको नाफामा छलाङ, १५० प्रतिशतले बढ्यो नाफा, प्रतिशेयर आम्दानी कति ? « Arthapath.com
१० कार्तिक २०७८, बुधबार

एनआईसी एशिया लघुवित्तको नाफामा छलाङ, १५० प्रतिशतले बढ्यो नाफा, प्रतिशेयर आम्दानी कति ?



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले नाफामा छलाङ मारेको छ । लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक बर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तिय विवरण अनुसार नाफा १६ करोड २६ लाख ७५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको तुलनामा १ सय ५० प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधीमा कम्पनिले ६ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

चुक्ता पुजी १ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा ९९ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

सार्वजविक विवरण अनुसार कम्पनिको खुद व्याज आम्दानी पनि १०३.१० प्रतिशतले बढेर ३५ करोड ११ लाख रुपैयाँ पुगेको छ भने १५०.५१ प्रतिशतले उकालो ४८ करोड ३५ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधीमा कम्पनिले १९ करोड ३३ लाख रुपैयाँ रहेको थियो ।

लघुवित्तको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) ३७ रुपैयाँ ४१ पैसा र प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्