१५ प्रतिशत लाभांश पारीत गर्न नेपाल बंगलादेश बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ? « Arthapath.com
१० कार्तिक २०७८, बुधबार

१५ प्रतिशत लाभांश पारीत गर्न नेपाल बंगलादेश बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?



काठमाडौं । नेपाल बंगलादेश बैंकले १५ प्रतिशत लाभांश पारीत गर्न साधारण सभा बोलाएको छ । हिजो बसेको संचालक समितिको बैठकले मंसिर २ गते साधारण सभा गर्ने निणर्य गरेको हो ।

साधारण सभाले संचालक समितिको बैठकले प्रस्ताव गरेको हाल कायम चुत्ता पुजी ९ अर्ब रुपैयाँको १२ प्रतिशत बोनश शेयर र ३.५० प्रतिशत नगद लाभांश वितरा गर्ने प्रस्तावलाई पारीत गर्ने छ । यसका साथै संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने ३ जना गरी जम्मा ६ जना सञ्चालकको निर्वाचन गर्ने प्रस्ताव सभामा पेश हुनेछ ।

त्यसैगरी प्रस्तावित संसोधनमा नियमनकारी निकायले परिमार्जन फेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न संचालक समितिलाई अधिकार प्रदान गर्दछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले कात्तिक १५ गते बुकक्लोजमिति तय गरेको छ । कात्तिक १४ गते आइतबारसम्म कायम शेयरधनीले साढे १५ प्रतिशत लाभांशमा भाग लिन पाउनेछन् ।

साधारण सभा मंसिर २ गते बिहीबार आफ्नो रजिष्टर्ड कार्यालय, कमलादी काठमाडौंमा बिहान ११ बजे अनलाइनको माध्यमबाट सुरु हुने बैकले जनाएको छ ।

बैंकले गत आर्थिक वर्ष एक अर्ब ४५ करोड रुपैयाँ बितरणयोग्य नाफा गरेको थियो । बैंकको चुक्ता पुँजी ९ अर्ब रुपैयाँ छ। बैंकको जगेडा कोषमा ६ अर्ब ३६ करोड रुपैयाँ छ। बोनस शेयर वितरणपछि चुक्ता पूँजी १० अर्ब ८० करोड रुपैयाँ पुग्नेछ।


प्रतिक्रिया दिनुहोस्