कामना सेवा विकास बैंकको शेयरमूल्य समायोजन

काठमाडौं । कामना सेवा विकास बैंकको शेयरमुल्य समायोजन भएको छ । आज नेप्सेले बैंकको शेयरमुल्य समायोजन गरेको हो ।
लाभांश् तथा साधारण सभा प्रयोजनको लागि आजबाट बैंकको बुक क्लोज भएसंगै नेप्सेले शेयर मुल्य समायनेजन गरेको छ ।
नेप्सेले १८.५० प्रतिशत बोनस शेयरको समायोजनपछि बैंकको शेयरमूल्य ६ सय ७ रुपैयाँ तोकिएको छ । हिजो मंगलबार बैंकको अन्तिम शेयरमूल्य ७१९ रुपैयाँको आधारमा शेयरमूल्य समायोजन गरेको हो ।