साधना लघुवित्तको नाफामा छलाङ, ३ करोड २९ लाख पुग्यो खुद नाफा « Arthapath.com
१० कार्तिक २०७८, बुधबार

साधना लघुवित्तको नाफामा छलाङ, ३ करोड २९ लाख पुग्यो खुद नाफा



काठमाडौं । साधना लघुवित्तको नाफा उल्लेख्य रुपमा बढेको छ । कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कुसत वित्तिय विवरण अनुसार लघुवित्तको नाफा ८८.३९ प्रतिशतले उकालो लागेको छ । गत आर्थिक वर्षको सोहि अवधीमा १ करोड ७४ लाख खुद नाफा आर्जन गरेको लघुवित्तले चालु वर्षको सोहि अवधीमा आइपुग्दा ३ करोड २९ लाख ८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

खुद नाफासंगै कम्पनिको सञ्चालन मुनाफा ४ करोड ५३ लाख रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधीमा लघुवित्तले ७१ लाख ५८ हजार रुपैयाँमात्र आर्जन गरेको थियो । उक्त रकम ५८९.२७ प्रतिशत धेरै हो ।

२५ करोड ६९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनिको जगेडा कोषमा १६ करोड २१ लाख रुपैयाँ रहेको छ । सार्वजनिक विवरण अनुसार खुद नाफा, सञ्चालन मुनाफासंगै खुद व्याज आम्दानी पनि बढेको छ । खुद व्याज आम्दानी १३०.७२ प्रतिशतले बढेर ७ करोड २१ लाख रुपैयाँ पुगेको छ ।

कम्पनिको प्रतिसेयर आम्दानी ५१ रुपैयाँ २२ पैसा र प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ १ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्