नाडेप लघुवित्तको लाभांश घोषणा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद सहित २१.०५३ प्रतिशत लाभांश घोषणा गरेको छ ।
हिजो बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट हाल कायम चुक्ता पुजीको २० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.०५३ प्रतिशत नगद सहित २१.०५३ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानिकर्ताहरुले पाउने छन् ।