गुराँस लाइफको लाभांश घोषणा, मंसिर १० गते हुने साधारण सभाले पारीत गर्ने

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजी १ अर्ब ९७ करोड ८५ लाख ८४ हजार ६०० रुपैयाँको ५.५० प्रतिशत बोनस र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.२८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

साथै उक्त बैठकले इन्स्योरेन्सको ११ औं साधधारण सभा समेत गर्ने निर्णय गरेको छ । कार्तिक ११ गते सोमबार बैंकको ११ औं साधारण सभा आह्वान गरेको हो ।
साधारण सभाले शेयरधनीहरुलाई वितरण गर्न प्रस्ताव गरेको ५.५० प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.२८९४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावलाई पारीत गर्ने छ ।
साधारण सभा तथा लाभांश प्रयोजनको लागि कार्तिक २३ गतेबाट इन्स्योरेन्सको बुक क्लोज हुने छ । तसर्थ कार्तिक २२ गतेसम्म कायम शेयरधनीह्रुले प्रस्तावित लाभांश पाउने छन् ।
साधारण सभा इन्स्योरेन्सको प्रधान कार्यालय राज भवन तिनकुने काठमाण्डौंमा मंसिर १० गते शुक्रबार बिहान ११ बजेबाट सुरु हुने छ ।
