बैंक अफ काठमाण्डू द्वारा देशभरिका विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण
काठमाडौं । बैंक अफ काठमाण्डूले देशभरक विभिन्न अस्पताल तथा स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामाग्राी हस्ताँतरण गरेको छ । बैंक्ले आफ्नो संस्थागत सामाजीक उत्तरदायित्व नीति अन्र्तगत देशभरिका राष्ट्रियस्तर, प्रदेशस्तर, जिल्लास्तर तथा स्थानियस्तरका अस्पताल तथा स्वास्थ्यचौकीहरुमा व्यक्तिगत सुरक्षात्मक उपकरण (PPE), मास्क, Surgical Gloves र सेनिटाइजरहरु हस्तान्तरण गरेको हो ।
प्रदेश नं १ अन्र्तगत खादँबारी जिल्ला अस्पताल, प्रदेश नं. २ अन्र्तगत स्वास्थ्य चौकी सखडा, छिन्नमस्ता, सप्तरी, मिर्चैया नगरपालिका द्वारा संचालित प्राथमिक स्वास्थ्य चौकी, मिर्चैया र गढीमाई नगरपालिका द्वारा संचालित समनपुर स्वास्थ्य चौकी, रौतहट, बागमती प्रदेश अन्र्तगत भक्तपुर अस्पताल र किर्तिपुर अस्पताल, लुम्बिनी प्रदेश अन्र्तगत राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङ तथा सुदुरपश्चिम प्रदेश अन्र्तगत टिकापुर अस्पताल र डडेल्धुरा अस्पताललाई भिन्नभिन्न समारोहहरुका बिच सम्बन्धित अस्पताल तथा स्वास्थ्य चौकीको प्रमुखलाई बैंकको प्रतिनिधीहरुद्वारा उक्त स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।
व्यक्तिगत स्वास्थ्य सामग्रीहरुको वितरणले विश्वब्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको प्रकोपबाट सृजना भएको कठिन परिस्थितिमा सीमित स्रोत साधनका बिच संक्रमण नियन्त्रणको अग्रस्थानमा रहनु भएका स्वास्थ्यकर्मिहरुको स्वास्थ्य सुरक्षामा सहयोग पुग्ने बैंकले जनाएको छ ।