आईपीओ निष्काशनको पाइपलाईनमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा २ करोड ७३ लाख पुग्यो, अन्य सुचक कस्तो ? « Arthapath.com
११ कार्तिक २०७८, बिहीबार

आईपीओ निष्काशनको पाइपलाईनमा रहेको सिवाईसी नेपाल लघुवित्तको नाफा २ करोड ७३ लाख पुग्यो, अन्य सुचक कस्तो ?



काठमाडौं । सिवाईसी नेपाल लघुवित्तले नाफामा छलाङ मारेको छ । सर्वसाधारणको लागि प्राथमिक शेयर (आईपीओ) निष्काशनको प्रकूयामा रहेको लघुवित्तले गत आवको तुलनामा २ गुणाले नाफा बढाउन सफल भएको हो ।

लघुवित्तले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कुत वित्तिय विवरण अनुसार २ करोड ७३ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको सोही अवधीको तुलनामा २.१७ गुणा धेरै हो । गत वर्षको सोही अवधीमा लघुवित्तले १ करोड २३ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खूद नाफा संगै लघुवित्तको खुद व्याज आम्दानी पनि बढेको छ । ४ करोड ४४ लाख ८ हजार ब्याज आम्दानी गरेको छ भने ३ करोड ८० लाख रुपैयाँ संचालन मुनाफा गरेको छ ।

पहिलो त्रैमासम्मो बैंक तथा वित्तीय संस्थासँग ५९ करोड ५४ लाख सापटी तथा ९७ करोड १२ लाख ५० हजार निक्षेप संकलन गरेर २ अर्ब २२ करोड कर्जा लगानी गरेको छ । भने ३ करोड ८० लाख रुपैयाँ खराव कर्जा उठाएको छ ।

८ करोड २१ लाख ८ हजार चुक्ता पुजी रहेको लघुवित्तले १२ करोड १२ लाख ३१ हजार रुपैयाँ जगेडा कोषमा छुटाएको छ । लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ३३ं३५ रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्