उन्नति सहकार्य लघुवित्तको ३२ प्रतिशत लाभांश घोषणा

काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश घोषणा भएको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३२ प्रतिशत लाभांश घोषणा गरेको हो ।
आज बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयउरधनीह्रुलाई हाल कायम चुक्ता पुजी १७ करोड ६१ लाख ३९ हजारको ३२ प्रतिशत लाभांश् वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएपछि संस्थाको आगामी साधारण सभाबाट पारित गरेपछि शेयरधनीहरुले पाउँनेछन् ।
साविकको उन्नति लघुवित्त वित्तीय संस्था र सहकार्य लघुवित्त वित्तीय संस्था बिच मर्जर पछि गत बर्ष असार २६ गतेदेखि उन्नति सहकार्य लघुवित्तका नाममा एकिकृत कारोबार सुरु भएको हो ।
