चुक्ता पुजी १ अर्ब ३८ करोड पुगेको डिप्रोक्स लघुवित्तको नाफा सामान्य घट्यो, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको नाफा सामान्य घटेको छ । लघुवित्तले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण अनुसार पहिलो त्रैमाससम्ममा १७ करोड ३५ लाख रुपैयाँ नाफा कमाएको छ । गत वर्षको सोही अवधीमा १९ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो गत आर्थिक वर्षको तुलनामा १२.३७ प्रतिशतले् घटेको हो ।
सार्वजनिक विवरण अनुसार कम्पनिको सञ्चालन नाफा भने बढेको छ । चालु वर्षमा कम्पनिले २३ करोड २ लाख भन्दा बढि सञ्चालन नाफा गरेको छ । गत वर्षको सोही अवधीमा १ अर्ब १० करोडभन्दा बढी सञ्चालन नोक्सानीमा रहेको थियो ।
खराब कर्जा संकलन पनि बढ्न सकेको छैन । लघुवित्तले ४ करोड ६३ लाख २५ हजार खराब कर्जा संकलन गरेको लघुवित्तले गत वर्षको सोही अवधीमा १ अर्ब ४२ करोडभन्दा बढि खराब कर्जा उठाएको थियो ।
७ अर्ब ४२ करोड ५८ लाख सापटि लिएर लघुवित्तले १६ अर्ब ४२ करोड २८ लाख कर्जा लगानि गरेको छ । त्यसैगरी लघुवित्तको निक्षेप संकलन ३१ प्रतिशतले बढेर ६ अर्ब ९० करोड १५ लाख पुगेको छ । चुक्ता पुजी १ अर्ब ३८ करोड पु¥याएको कम्पनीको जगेडा कोषमा १ अर्ब२१ करोड १५ लाख रहेको छ । यो गत वर्षको सोही अवधीको तुलनामा ११ प्रतिशतले धेरै हो ।
सार्वजनिक वित्तिय विवरण अनुसमर लघुवित्तको वार्षिक प्रतिशेयर आम्दानी ५० दशमलव शून्य ४ र प्रतिशेयर नेटवर्थ १८७ दशमलव ३२ रहेको छ ।