सूर्या लाइफ इन्स्योरेन्सको १३ प्रतिशत लाभांश घोषणा

काठाडौं । सूर्या लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
हिजो बसेको संचलक समितिको बैठकले हाल कायम चुक्ता पुजी २ अर्ब ३६ करोड २८ लाख ९४ हजार रुपैयाँको १२.७० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित लाभांश बीमा समितिले स्विकृत गरेपछि इन्स्योरेन्सको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन् ।
