२२ प्रतिशत लाभांश घोषणा गरेको एनएमबि लघुवित्तको खुद नाफा ३ करोड २४ लाख पुग्यो, अन्य सुचक कस्तो ?

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको नाफा समान्य बढेको छ । लघुवित्तले सार्वजनिक गरेकोचालु आर्थिक वर्षकोपहिले त्रैमासको अपरिष्कुत वित्तिय विवरण अनुसार नाफा ३.८८ प्रतिशतले बढेको छ । खघुवित्तले चालू आवको पहिलो त्रैमाससम्मा ३ करोड २४ लाख ६० हजार रुपैयाँ नाफा कमाएको छ । यो गत वर्षको सोही अवधीमा ३ करोड १२ लाख ४७ हजार रहेको थियो ।
खुद नाफासंगै कम्पनिको ब्याज आम्दानी ११ करोड १५ लाख ९ हजार रहेको छ । गत आवमा ७ करोड ९३ लाख ७१ हजार रुपैयाँ आर्जन गरेको थियो । यो ४०.४९ प्रतिशतले बढेको हो ।त्यसैगरी सञ्चालन नाफा ४.०२ प्रतिशतले बढेको हो । गत आवमा ४ करोड ९३ लाख ८२ हजार रुपैयाँ रहेको कम्पनिको यस वर्ष ५ करोड १३ लाख ६८ हजार रुपैयाँ रहेको छ ।
लघुवित्तको चुक्ता पुजी १९ प्रतिशतले उकालो लागेर ५३ करोड ९८ लाख ५ हजार रहेको थियो । लघुवित्तले जगेडा कोषमा ३९ करोड ७५ लाख ६२ हजार रहेको छ ।
सार्वजनिक विवरण अनुसार लघुवित्तले ५ अर्ब ३७ करोड ८० लाख रुपैयाँ कर्जा लगानि गरेको छ । लघुवित्तले पहिलो त्रैमासमा १ अर्ब ५७ लाख निक्षेप संकलन गरेको छ । यो गत आवको तुलनामा १० प्रतिशतले बढेको हो । भने २ अर्ब ९० करोड ९८ लाख रुपैयाँ विभिन्न संघ संस्थाबाट सापटी गरेको छ । यो गत आवको तुलनामा २४ प्रतिशतले बढेको हो । त्यसैगरी लघुवित्तको कर्जा लगानी २०.०६ प्रतिशत बढेको सार्वजनिक विवरणमा उल्लेख गरिएको छ ।
यस अवधीमा आउदा लघवित्तको प्रतिशेयर आम्दानी २४.०५ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७३.६५ रुपैयाँ पुगेको छ ।