शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश « Arthapath.com
१५ कार्तिक २०७८, सोमबार

शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले घोषणा गर्यो लाभांश



काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । बैंकले अग आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले बैंकको हाल कायम चुक्ता पुजी ३ अर्ब ४० करोड ८४ लाख ६३ हजार ९ सय रुपैयाँको १०.९३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले् जानकारी दिएको छ ।

प्रस्तावीत लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयधनीहरुले पाउँनेछन् ।


प्रतिक्रिया दिनुहोस्