सोमबार १७ अंकले घट्यो नेप्से « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

सोमबार १७ अंकले घट्यो नेप्से



काठमाडौं । केहि दिनबाट निरन्तर रुपमा घटेको शेयर बजार यस दिन १७ अंकले ओरालो लागेको छ । आज ३ समुह सामान्य अंकले बढेपनि अन्य समुह राताम्मे भएको हो ।

आज बजार १७.७५ अंकले घटेर कारोबार मापक नेप्से परिसुचक २८१९.८६ अंकमा पुगेर बजार बन्द भएको हो । आज दिनभर २ सय २६ कम्पनिको १३ करोड ४० लाख ३ हजार ३ सय १२ कित्ता शेयर ८० हजार ३ सय ५१ पटक किनबेच हुदा ७ अर्ब ७७ करोड ७५ लाख १० हजार रुपैयाँको कारोबार भएको छ ।

आज बैकिङ, होटल एण्ट टुरीजम,र लगानि बाहेक सबै समुह घटेको हो ।


प्रतिक्रिया दिनुहोस्