एनआईबिएल एस क्यापिटलले ल्यायो धनतेरसको अवसरमा चाँदीको सिक्का जित्ने अवसर « Arthapath.com
९ जेष्ठ २०८२, शुक्रबार

एनआईबिएल एस क्यापिटलले ल्यायो धनतेरसको अवसरमा चाँदीको सिक्का जित्ने अवसर



काठमाडौं । एनआईबिएल एस क्यापिटललले धनतेरसको अवसर पारेर सुनौलो अवसर ल्याएको छ ।एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत संचालनमा रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना)ले यस वर्षको धनतेरसको पावन अवसरमा लगानीकर्ताहरुलाई नेपालकै पहिलो खुलामुखी योजाना एनआईबिएल सहभागिता फण्डमा लगानी गरी चाँदिको सिक्का उपहारमा पाउने अवसर ल्याएको हो ।

सो योजना अन्र्तगत धनतेरसको दिन एनआईबिएल सहभागिता फण्डमा लगानी गरेका योग्य सहभागिहरुबाट गोलाप्रथाद्वारा ५ जनाले चाँदीको सिक्का उपहार पाउनेछन् ।

अनलाईन प्रणालीबाट समेत इकाई खरिद गर्न मिल्ने यस फण्डले आज दिनभर लागी कारोबारको समय पनि ३ घण्टाले थप गरी बिहान १०ः०० बजे देखि अपरान्ह ०५ ः ०० बजे सम्म इकाईहरु खरिद गर्न मिल्ने व्यवस्था मिलाईएको छ । उक्त समयमा ईकाईहरु खरिद गर्नेबाट ५ जनाले गोलाप्रथाबाट चाँदीको सिक्का जितनेछन । विजेता घोषणा Facebook Live मार्फत गरिने एनआईबिएल एस क्यापिटलले जानकारी दिएको छ ।

थप जानकारीको लागि, एनआईबिएल एस क्यापिटल लिमिटेडको वेवसाईट www.niblcapital.com तथा मुख्य कार्यलय (फोन नम्बर ०१४४२५२८० मा सम्पर्क गर्न सकिने छ ।


प्रतिक्रिया दिनुहोस्