२७.३७ प्रतिशत लाभांश पारीत गर्न लक्ष्मी लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारण सभा बोलाएको छ । लघुवित्तले मंसिर १० गते अग्रवाल भवन, कमलपोखरीमा आफनो १० औं साधारण सभा गर्ने निर्णय गरेको हो ।
१० गते हुने साधारण सभाले लघुवित्तको हाल कायम चुक्ता पुजीको २० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ७.३७ प्रतिशत नगद लाभांश गरी कुल २७.३७ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्तावलाई साधारण सभाले पारीत गर्ने छ ।
त्यसैगरी अन्य कुनै वित्तीय संस्थालाई एक्वायर गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अधिकार साधारण सभादे गर्ने छ । प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्तावहरु समेत सभामा पेश हुने छ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले कात्तिक ३० गते बुक क्लोज गर्ने छ । तसर्थ कात्तिक २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले २७.३७ प्रतिशत लाभाश पाउनेछन् ।